शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

दयाहाङले भने– ‘हात्तीछाप’लाई लिएर उत्साहित छु’

शुक्रबार, १९ माघ २०८०, १२ : ५०
शुक्रबार, १९ माघ २०८०

काठमाडौँ । फिल्म ‘भुटान’ अभिनय गरेर भर्खर अमेरिकाबाट फर्किएका अभिनेता दयाहाङ राई फिल्म ‘हात्तीछाप’ लाई लिएर उत्साहित देखिएका छन् । बिहीबार साँझ पत्रकारहरूसँग कुरा गर्दै उनले ‘हात्तीछाप’ को कथावस्तु आफूलाई निकै मन परेकाले अभिनय गरेको बताए ।

‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ । दोस्रो कुरा निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने विषयमा छलफल भइरहेको थियो’, दयाहाङले भने– ‘पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ ।’ उनले फिल्मबाट आफू सन्तुष्ट रहेको सुनाए ।

‘यसको मुख्य उद्देश्य त व्यावसायिकता नै हो । तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । यो फिल्म मेरो मन पर्नेमा पर्छ, त्यसैले रिलिजका लागि म उत्साहित छु’ उनले थपे । फिल्ममा दयाहाङको अलवा उपासनासिंह ठकुरीको पनि मुख्य भूमिका छ । उनले ‘हात्तीछाप’ को कथावस्तु शक्तिशाली रहेको बताइन् । फिल्म भित्रका दयाहाङकस्ता प्रेमी हुन् ? प्रश्नमा उनले भनिन्, ‘फिल्मभित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’

फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्ने उपासनाको भनाई छ ।  किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ ।

कार्तिकको २४ गतेबाट रिलिजमा आएको दयाहाङ अभिनीत फिल्म ‘दिमाग खराब’ पछि कुनै पनि नेपाली फिल्मले व्यापारिक रूपमा सफलता हात पारेका छैनन् । यसैले ‘हात्तीछाप’ बाटै बक्स अफिसलाई चलायमान बनाउनुपर्ने चुनौती पनि दयाको काँधमा छ । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप