शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

केन्यामा ग्यास विष्फोट : ३ जनाको मृत्यु, ३ सय घाइते

शुक्रबार, १९ माघ २०८०, १४ : ३२
शुक्रबार, १९ माघ २०८०

नैरोबी । केन्याको राजधानी नैरोबीमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने कम्तीमा पनि तीन सय जना घाइते भएका छन् । ग्यासको सिलिन्डर बोकेर गइरहेको एउटा लरी एम्बाकासी जिल्लामा विष्फोट हुँदा आगोको मुस्लो निस्किएको थियो ।

यस घटनामा नजिक रहेका घर, कार्यालय र कारहरू जलेर क्षतविक्षत भएका थिए । यसअघि सरकारले यो घटना ग्यास कारखानामा भएको बताएको थियो । लरीमा कसरी विष्फोट भयो भन्ने कुरा अज्ञात नै छ । यस घटनामा मर्ने तीन जनामध्ये एक जना बालक भएको बताइएको छ । घाइतेको संख्या उच्च रहेकोले मृत्यु हुनेको संख्या थप बढ्ने आशंका गरिएको छ ।

विष्फोटका कारण घाइते भएका २७१ जनालाई अस्पताल लगिएको केन्या रेड क्रसले बताएको छ । अरु २७ जनाको भने अन्यत्र उपचार भइरहेको बताइएको छ । ग्यास पड्किएपछि आगोको मुस्लो निकै परसम्म पुगेको थियो । ग्यासको सिलिन्डर उछिट्टाउँदा नजिक रहेका तयारी पोसाक र टेक्सटाइलको गोदामघरहरू जलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप