केन्यामा ग्यास विष्फोट : ३ जनाको मृत्यु, ३ सय घाइते
नैरोबी । केन्याको राजधानी नैरोबीमा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने कम्तीमा पनि तीन सय जना घाइते भएका छन् । ग्यासको सिलिन्डर बोकेर गइरहेको एउटा लरी एम्बाकासी जिल्लामा विष्फोट हुँदा आगोको मुस्लो निस्किएको थियो ।
यस घटनामा नजिक रहेका घर, कार्यालय र कारहरू जलेर क्षतविक्षत भएका थिए । यसअघि सरकारले यो घटना ग्यास कारखानामा भएको बताएको थियो । लरीमा कसरी विष्फोट भयो भन्ने कुरा अज्ञात नै छ । यस घटनामा मर्ने तीन जनामध्ये एक जना बालक भएको बताइएको छ । घाइतेको संख्या उच्च रहेकोले मृत्यु हुनेको संख्या थप बढ्ने आशंका गरिएको छ ।
विष्फोटका कारण घाइते भएका २७१ जनालाई अस्पताल लगिएको केन्या रेड क्रसले बताएको छ । अरु २७ जनाको भने अन्यत्र उपचार भइरहेको बताइएको छ । ग्यास पड्किएपछि आगोको मुस्लो निकै परसम्म पुगेको थियो । ग्यासको सिलिन्डर उछिट्टाउँदा नजिक रहेका तयारी पोसाक र टेक्सटाइलको गोदामघरहरू जलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण