विश्व सिमसार दिवसका अवसरमा फेवातालमा माछाका भुरा छोडियो
पोखरा । विश्व सिमसार दिवसको अवसर पारेर फेवातालमा माछाको भुरा छोडिएको छ । शुक्रबार विश्व सिमसार दिवसको अवसरमा कास्कीको पोखारास्थित फेवातालमा माछाका भुराहरु छोडिएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भुराहरु छोडिएको जलाहारी समुदायका ज्ञानबहादुर जलाहरीले बताए । उनले जलाहारीहरु समुदायका लागि आज धान रोपाईंको दिन भएको बताए । फेवा तालमा यसरी भुरा नछोड्ने हो भने आफूहरुको कसौँडीमा खाना नपाक्ने उनले बताए । उनले वडा नम्बर ६ बाट भुरा छोड्ने काम भएको र पहिलो पटक वडा स्तरीय बजेट पाउँदा खुसी लागेको बताए ।
पोखरा महँनगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि सोही पेसामा आबद्ध जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडेको बताए । उनले फेवातालमा विभिन्न प्रजातिका भुरा माछाहरु छोडेको र यसले फेवा तालको सौन्दर्यतासँगै जलाहरी समुदायको जीविकोपार्जनमा पनि सहयोग पुग्ने बताए ।
उनले भने, ‘आज सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि बसिरहनुभएका जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडिसकेका छौँ । जसमा शहर माछा पनि लोप भएको हुनाले केही शहर माछाहरु पनि छोडेका छौँ । विभिन्न जातिका माछा छन् । यसले फेवा तालको सौन्दर्यलाई पनि राम्रो बनाउने र जलाहारी समुदायको जीविकोपार्जनमा पनि सहयोग हुने भएकाले छोडेका छौँ ।’
अध्यक्ष भट्टराईले जलाहारी समुदायलाई लक्षित गरी ४ लाख बराबरको नेट पनि व्यवस्था गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण