सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व सिमसार दिवसका अवसरमा फेवातालमा माछाका भुरा छोडियो

शुक्रबार, १९ माघ २०८०, १४ : ३९
शुक्रबार, १९ माघ २०८०

पोखरा । विश्व सिमसार दिवसको अवसर पारेर फेवातालमा माछाको भुरा छोडिएको छ । शुक्रबार विश्व सिमसार दिवसको अवसरमा कास्कीको पोखारास्थित फेवातालमा माछाका भुराहरु छोडिएको हो । 

पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोगमा भुराहरु छोडिएको जलाहारी समुदायका ज्ञानबहादुर जलाहरीले बताए । उनले जलाहारीहरु समुदायका लागि आज धान रोपाईंको दिन भएको बताए । फेवा तालमा यसरी भुरा नछोड्ने हो भने आफूहरुको कसौँडीमा खाना नपाक्ने उनले बताए । उनले वडा नम्बर ६ बाट भुरा छोड्ने काम भएको र पहिलो पटक वडा स्तरीय बजेट पाउँदा खुसी लागेको बताए ।

पोखरा महँनगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि सोही पेसामा आबद्ध जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडेको बताए । उनले फेवातालमा विभिन्न प्रजातिका भुरा माछाहरु छोडेको र यसले फेवा तालको सौन्दर्यतासँगै जलाहरी समुदायको जीविकोपार्जनमा पनि सहयोग पुग्ने बताए ।

उनले भने, ‘आज सिमसार दिवसको उपलक्ष्यमा वडानम्बर ६ ले पुस्तौँदेखि बसिरहनुभएका जलाहारी समुदायलार्ई लक्षित गरेर भुरा माछा छोडिसकेका छौँ । जसमा शहर माछा पनि लोप भएको हुनाले केही शहर माछाहरु पनि छोडेका छौँ । विभिन्न जातिका माछा छन् । यसले फेवा तालको सौन्दर्यलाई पनि राम्रो बनाउने र जलाहारी समुदायको जीविकोपार्जनमा पनि सहयोग हुने भएकाले छोडेका छौँ ।’

अध्यक्ष भट्टराईले जलाहारी समुदायलाई लक्षित गरी ४ लाख बराबरको नेट पनि व्यवस्था गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप