संसद् चल्दा काठमाडौँ नछाड्न सांसदहरुलाई कांग्रेसको निर्देशन
शुक्रबार, १९ माघ २०८०, १६ : २७
काठमाडौँ । नेपाली कांग्रेसले संसद् बैठक चलेका बेला काठमाडौँ उपत्यका नछाड्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।
शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्देशन दिएको नेता रमेश लेखकले जानकारी दिए । साथै कांग्रेसले संसद् र संसदीय समितिको बैठकमा अनिवार्य उपस्थित हुन पनि निर्देशन दिएको छ ।
‘संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका माननीय सदस्यहरुले राजधानी नछाड्ने’, नेता लेखकले बैठकको निर्णय सुनाउँदै भने, ‘यदि अत्यावश्यक कामले राजधानी छाड्नुपर्यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देश गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण