कांग्रेस दलको बैठकमा विनोद चौधरीले भने– अरुणलाई पक्रेर सरकारले प्रतिशोध साँध्यो !
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा व्यवसायी अरुण चौधरी पक्राउबारे छलफल भएको छ । बैठकमा सभापति समेत रहेका कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेकोबारे सांसद विनोद चौधरीलाई प्रस्ट पार्न समय दिएका थिए ।
प्रहरीले बिहीबार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरुण चौधरीसहित अजित नारायणसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।
बैठकमा बोल्दै सांसद चौधरीले उक्त जग्गा वैधानिक ढङ्गले नै आफ्नो प्रतिष्ठानले लिएको भन्दै सरकारले प्रतिशोध साँधेर अरुण चौधरीलाई पक्राउ गरेको भन्दै बचाउ गरेका थिए ।
‘सरकारले प्रतिशोध साँधेर व्यवसायी अरुण चौधरीलाई पक्राउ गर्यो । त्यो जग्गा वैधानिक हिसाबले नै हामीले लिएका हौ’, चौधरीको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘यसरी प्रतिशोध साँधेर सरकारले व्यवसायीलाई धरपकड गर्नु न्यायोचित होइन ।’
कांग्रेस नेता रमेश लेखकले विनोद चौधरीले आफ्ना कुराहरू राखे पनि त्यसबारे दलको बैठकले कुनै निर्णय गरिनसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण