बचतकर्ताको १ अर्ब ७० करोड बचत हिनामिना गरेर सहकारी सञ्चालक फरार
काठमाडौँ । बचतकर्ताहरूको १ अर्ब ७० करोडभन्दा बढी बचत हिनामिना गरेर एक सहकारी सञ्चालक फरार भएका छन् । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापा बचत रकम हिनामिना गरेर फरार भएका हुन् । करिब ५०० जना बचतकर्ताले दुई वर्षदेखि बचत गरेको उक्त रकमको सावा तथा ब्याज समेत नदिई अपचलन गरी फरार भएका हुन् । उनीसँगै उनकी श्रीमती समेत रहेकी सहकारीकी व्यवस्थापक सन्जना राजकर्णिकार समेत फरार भएकी छन् ।
उनीहरूका विरुद्धमा बचतकर्ताहरूले जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । त्यसपछि दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकारीले दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएर खोजी कार्य भइरहेको बताए । बचतकर्ताहरूले उनीहरू दुवै जनासँग सञ्चालक तथा कर्मचारीहरूविरुद्ध समेत उजुरी दिएका छन् ।
एक बचतकर्ताले दुई वर्षदेखि जम्मा गरेर राखेको ८४ लाख रुपैयाँको सावा र ब्याज दुवै नपाएको बताए । ‘माग्न जाँदा सुरुमा भोली भोली भन्दै टार्दै गए । पछि अचेल त सम्पर्कमै छैनन् । हामीले सामूहिक रूपमा प्रहरीमा उजुरी दिएको थियौँ । पक्राउ पुर्जी समेत जारी भएको छ । तर, उनीहरू पक्राउ परेका छैनन्’ ती बचतकर्ताले भने ।
पैसा माग्दा नदिएपछि बचतकर्ताहरूले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन थालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण