बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल

शुक्रबार, १९ माघ २०८०, २१ : ५२
शुक्रबार, १९ माघ २०८०

दाङ । नेकपा  (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राखेका छन् । 

दाङ निर्वाचन क्षेत्र नम्बर १ देउखुरीमा पार्टीको भेलामा उनले जबजको सान्दर्भिकता आगामी दिनमा अझै बढ्दै जाने बताए । एकीकृत समाजवादी पार्टी सधैँ जनताको पक्षमा रहेको बताउँदै उनले देश तथा विदेशमा पनि पार्टीमा आकर्षण रहेको जिकिर गरे । उनले समाजवादी जागरण अभियानले समाजमा भावनात्मक सम्बन्ध कायम गर्ने बताए । 

पूर्वमन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरहेको बताए । गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेको उनको भनाइ थियो ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप