रोमाञ्चक पुनरागमन गर्दै दक्षिण कोरिया सेमिफाइनलमा, सन नायक
दोहा । सन ह्युङ मिनले अतिरिक्त समयमा फ्रिकिकमार्फत उत्कृष्ट गरेपछि हारको कगारमा रहेको दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले अस्ट्रेलियालाई २–१ गोलले हराएको हो ।
खेलको ४२ औँ मिनेटमा क्रेग गुडविनले गरेको गोलको मद्दतले अस्ट्रेलिया जीतको नजिक पुगेको थियो । तर, इन्जुरी समयमा सनलाई लेविस मिलरले फल हानेपछि ह्वाङ हि चानले ९६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।
निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समयको १ सय ४ औँ मिनेटमा सनले उत्कृष्ट गोल गर्दै टोलीलाई जीत दिलाए । अतिरिक्त समयमा एडन ओ’निलले रातोकार्ड पाएपछि अस्ट्रेलिया १० खेलाडीमा सीमित बनेको थियो ।
दक्षिण कोरियाले सन् १९६० मा पछिल्लो पटक एसियन कपको उपाधि जितेको थियो । अब मंगलबार हुने सेमिफाइनलमा दक्षिण कोरियाले जोर्डनको सामना गर्नेछ । जोर्डनले तजाकिस्तानलाई १–० ले हराउँदै पहिलोपटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण