सुवेदीको निर्देशनमा चलचित्र ‘पार्वती’ बन्ने
काठमाडौँ । चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा नयाँ चलचित्र ‘पार्वती’ बन्ने भएको छ । सुवेदीले जन्मदिनको अवसर पारेर चलचित्र निर्माण घोषणा गरेका हुन् । सुवेदीकै लेखन र निर्माण समेत रहने चलचित्र सामाजिक प्रेमकथामा बन्न लागेको हो ।
सुवेदी निर्देशित पछिल्लो चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा छ । ‘सतीदेवी’ मा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले यस चलचित्रले प्रेमकथा उठाउने बताए। चलचित्रको टाइटल डिजाइनमा दुई युवतीको छायालाई देखाइएको छ। यो अर्थपूर्ण रहेको सुवेदीको धारणा छ ।
सामाजिक कथामा निर्माण हुने चलचित्रको छायाङ्कन जेठ महिनामा गर्ने तयारी रहेको सुवेदीले बताए। दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी हुन्।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ। चलचित्रको वितरण श्रीराम बालाजी फिल्म्सका सुनिल मानन्धरले गर्नेछन् ।
नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरूको बारेमा भने अहिले खुलाइएको छैन। ‘गाउँले केटी मो’ स्लोगन दिइएको चलचित्र ‘पार्वती’ नारी प्रधान कथामा बन्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण