जन्मका आधारमा शासन गर्ने व्यवस्था लोकतान्त्रिक हुन सक्दैन : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जन्मका आधारमा शासन सञ्चालन गर्ने व्यवस्था लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । पार्टी निकट एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राजतन्त्रको बहस औचित्य नभएको बताए ।
उनले जनताबाट अनुमोदित नेतृत्व नै लोकतान्त्रिक व्यवस्था भएको उल्लेख गरे । राजतन्त्रको विषय अहिले असान्दर्भिक भएको बताउँदै उनले राजतन्त्र चाहिन्छ भन्नेहरूलाई चुनावमा सहभागी हुन आग्रह गरे ।
विद्यार्थीलाई उत्पादनसँग सम्बन्धित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले समाजको आवश्यकतालाई ध्यानमा राखी दक्ष जनशक्ति उत्पादनले राष्ट्रको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले प्रचलित शिक्षा प्रणालीले स्वरोजगार सिर्जना गर्न नसकेकाले समाजमा चुनौती थपेको भन्दै समयसापेक्ष शिक्षा नीति परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले एकीकृत समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने सङ्कल्पका साथ अगाडि बढेको भन्दै देशलाई समृद्ध बनाएर जनतालाई सुखी बनाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी, २ हजार २६८ उजुरी तामेलीमा
-
लोकसभा निर्वाचन : किन भइरहेछ कंगना रनौतको पहिरनको चर्चा ?
-
महासमिति बैठकबाट पारित प्रतिवेदन व्यापक हेरफेरको तयारीमा कांग्रेस
-
४८ उपसचिवको सरुवा : को कहाँ पुगे ?
-
मुलुकलाई अहिलेको स्थितिबाट उठाउन पर्यटन क्षेत्रको विकास अपरिहार्य : मन्त्री तामाङ
-
जसपा र लोसपालाई किन निम्ता दिएन भाजपाले ?