बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

कान्छा निर्देशक सौगातको ‘हैरान’ले ल्यायो टाइटल गीत

आइतबार, ०२ वैशाख २०७५, १२ : ०२
आइतबार, ०२ वैशाख २०७५

काठमाडौं – बिस्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशन रहेको चलचित्र ‘हैरान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘हैरान हैरान’बोलको उक्त गीतमा चलचित्रका मूख्य कलाकार देखिएका छन् । 

गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ । यसलाई सत्य–स्वरूपले सरगम आचार्य र बबिता मनाधरसँग मिलेर गाएका छन् । गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल , सत्यराज आचार्य , निर्मल शर्मा ,गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् । 

राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यो गीतको छायाँकन केहि दिन अगाडी मात्र गरिएको हो । गीतमा चलचित्रका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए । यिनै सौगात दोस्रो चलचत्रि लियएर आउने तयारी गरिरहेका छन् ।

अघिल्लो चलचित्रमा बाबु छोरी बीचको प्रेमलाई देखाइएको थियो । यसपटक सामाजिक विषयवस्तुलाई समेटिएको निर्माण पक्षले जनाएको छ ।  डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । 

चलचित्रमा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कडेल, राजन इशान र सन्तोष श्रेष्ठले दिएका छन् । । चलचत्रिको टाइटल गीतमा सबै पात्रको टेन्सनलाई देखाउन खोजिएको बिष्टले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप