बाह्र मिनेटको म्युजिकल फिल्म प्रदर्शनमा
गोदावरी । उपसभामुख इन्दिरा राणाको प्रमुख आथित्यतामा १२ मिनेटको म्युजिकल चलचित्र ‘चल्ने हावालाई’ प्रदर्शनमा गरिएको छ । चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रमा महिला शक्तिकरणका कुराहरू उठाइएको भन्दै उपसभामुख रानाले प्रशंसा गरिन् । आफ्नो जीवन पनि सानैदेखि गरिबी, अभाव र दुःखमै बितेको उनले बताइन् ।
त्यस अवसरमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक कुराहरूलाई गीतसङ्गीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिइन् । राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलाहरूलाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिए ।
गीतमा शिव चम्लागाईको शब्द र सङ्गीत छ । फिल्ममा कलाकारहरू सञ्चिता लुइँटेल, बेनिसा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसी र बाल कलाकार समृद्धि श्रेष्ठले अनिभय गरेका छन् ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण