सरकारले क्यान्सर रोग न्युनीकरणका लागि कुनै कसर बाँकी राख्दैन : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । आइतबार विश्व क्यान्सर रोग दिवसको अवसर पारेर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सर रोग तत्काल उन्मुलन गर्नसक्ने अवस्था नभएको उल्लेख गर्दै त्यसको न्युनीकरणका लागि सरकारले कुनैपनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
‘क्यान्सर रोगलाई यो देशबाट न्युनीकरण गर्दै जाने कुरामा अहिले हामी उन्मुलन त तत्कालै भन्न सक्दैनौं । न्युनीकरण गर्दै जाने कुरामा धेरै ठूलो मद्दत मिल्छ भन्ने कुरामा मैले विश्वास गरेको छु । यसमा हामी आ–आफ्नो क्षेत्रबाट जे सक्छौं, जति सक्छौं । कसैले खट्न सक्लान्, कसैले बुद्धि दिनुपर्ला’ मन्त्री बस्नेतले भने, ‘यसमा लामो लामो समयदेखि काम गरेर बस्नुभएका व्यक्तित्वहरु यहाँ अहिले उपस्थिति हुनुहुन्छ । यसले नेपालमा क्यान्सर रोगका बिरुद्ध लड्नका लागि एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
उनले क्यान्सर न्युनीकरणका लागि आ–आफ्नो ठाउँबाट सकेको योगदान पुर्याउन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए । मन्त्री बस्नेतले क्यान्सर रोगविरुद्ध लडने आधार तत्काल पार्न पनि मातहतका निकायलाई सचेत गराए । उनले सम्बन्धित निकायले सचेत भएर काम गरे क्यान्सर रोग नियन्त्रण गर्न कुनै कठिनाई नहुने समेत स्पष्ट पारे ।
‘त्यसको निम्ति जग तयार पार्नुपर्नेछ । त्यही जगको आधारमा आगामी दिनमा हामीले त्यो रोग बिरुद्ध लड्नेछौं’ उनले भने, ‘यसका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी हुनेछैन । मैले अहिले यति कुरा निवेदन गर्न चाहन्छु ।’
त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले क्यान्सर रोग बिरुद्ध लड्न एकीकृत रणनीतिक योजना बनाउने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण