पोखरामा लुडो र जुवा खेलिरहेका १२ जना पक्राउ
कास्की । पोखरा महानगरपालिकामा जुवा तास खेलिरहेको अवस्थामा १२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा लुडो खेलिरहेको अवस्थामा पुन समेत ५ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई नगद ७२ हजार २ सय २५ रुपैयाँ, खेलमा प्रयोग हुने गोटी १६ वटा र डाइस १ वटासहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी पोखरा महानगरपालिका-१२ प्रगति टोल डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका-८ तुरतुरे घर भएका ६६ वर्षीय नर बहादुर गुरुङको कोठामा जुवा तास खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ४ सय ३५ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण