अभिनेता गौरवले कसे प्रेमिका श्रेयानीसँग लगनगाँठो
आइतबार, २१ माघ २०८०, १५ : ०८
काठमाडौँ । अभिनेता गौरव पहरीले प्रेमिका श्रेयानी खतिवडासँग लगनगाँठो कसेका छन् । उनले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । अभिनेता गौरव र श्रेयानीबिच केही अगाडि होटल र्याडिसनमा आयोजित एक समारोहमा इन्गेजमेन्ट भएको छ । परिवार र निकट साथीहरूको उपस्थितिमा यी दुईले विवाह गरेका हुन् ।
गौरवले ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’,‘साइँली’,‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘साइँली’ मा लगानी पनि गरेका थिए । यसवर्ष उनले अभिनय गरेका फिल्म ‘दुई कदम’ प्रदर्शनमा आएको थियो । उनी अभिनीत फिल्म नम्बरी सुन प्रदर्शनमा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण