तस्बिरमा हेर्नुहोस् कर्णाली प्रदेशसभाको छैटौँ स्थापना दिवस
सुर्खेत । कर्णाली प्रदेशसभाले आफ्नो छैटौँ स्थापना दिवस मनाएको छ । आइतबार प्रदेशसभा परिसरमा एक भव्य कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाइएको थियो । तर, स्थापना दिवस कार्यक्रममै सबैजसो सांसदहरूको उपस्थिति भने थिएन ।
दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रमका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल, प्रदेशसभाका पदाधिकारीहरू तथा सदस्यहरू उपस्थित थिए ।
तथापि आधा दर्जन सांसदहरूको सहभागिता थिएन । ४० सदस्यीय प्रदेशसभामा सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, काङ्ग्रेसकै सांसदहरू राजीवविक्रम शाह, सुरेश अधिकारी, देवेन्द्र शाही, एमाले सांसद विनोदकुमार शाह, शेरबहादुर बुढा, दक्षिणा शाही पनि कार्यक्रमका सहभागी थिएनन् ।
नेकपा माओवादीबाट कृषि मन्त्री भीमप्रकाश शर्मा, सांसद विन्दमान विष्ट, महेन्द्र केसी, लगायतका सांसदहरूको पनि उपस्थिति थिएन । कार्यकालका हिसाबले दोस्रो कार्यकालका सांसदका लागि स्थापना दिवस पहिलो हो ।
उक्त कार्यक्रमका विपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सभाको गरिमा र प्रभावकारितामाथि प्रश्न उठाए ।
तस्बिरमा हेर्नुहोस् :
_xkLSYfsCK0.jpg)
_XMDh6fYBtw.jpg)
_lQNDmdwMW4.jpg)
_m5RUQB3KWX.jpg)
_J6Z8K088mX.jpg)
_B86NcV7IkE.jpg)
_hQhp5SUUDZ.jpg)
_io7L8tNd2c.jpg)
_0dTeR6ducp.jpg)
_V6kpDODgTW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण