बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

ओखलढुङ्गा कांग्रेसमा महासमिति सदस्य सर्वसम्मत

आइतबार, २१ माघ २०८०, २२ : ०७
आइतबार, २१ माघ २०८०

ओखलढुङ्गा । जिल्लामा नेपाली कांग्रेसले महासमिति सदस्य सर्वसम्मत चयन गरेको छ । विधान संशोधनसहित पार्टीका महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य जिल्ला कार्यसमितिले सर्वसम्मत चयन गरेको हो । 

जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीलाबल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर बिक चयन भएको कांग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गानाले बताए ।

सहमतिको अधिकतम प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यको नामावली टुङ्ग्याएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप