शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्टसलाई हराउँदै शीर्ष स्थानमा इन्टरलाई अग्रता

सोमबार, २२ माघ २०८०, ०८ : ०६
सोमबार, २२ माघ २०८०

मिलान । युभेन्टसलाई हराउँदै इन्टर मिलानले इटालियन सिरिए ए को शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाउन सफल भएको छ । आइतबार भएको खेलमा इन्टर १–० गोलले विजयी बन्यो ।

खेलको पहिलो हाफमा फेडेरिको गाटीले गरेको आत्मघाती गोल निर्णायक बनेको थियो । ३५ औँ मिनेटमा क्रस गरिएको बल गाटीको छातीमा लाग्दै आफ्नै पोस्टमा छिर्न पुग्यो ।

युभेन्टस २३ खेलबाट ५३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । इन्टरले एक खेल कम खेल्दै ५७ अङ्क बटुलेको छ । तेस्रो स्थानमा रहेको एसी मिलानको ४९ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप