युभेन्टसलाई हराउँदै शीर्ष स्थानमा इन्टरलाई अग्रता
सोमबार, २२ माघ २०८०, ०८ : ०६
मिलान । युभेन्टसलाई हराउँदै इन्टर मिलानले इटालियन सिरिए ए को शीर्ष स्थानमा ४ अङ्कको अग्रता बनाउन सफल भएको छ । आइतबार भएको खेलमा इन्टर १–० गोलले विजयी बन्यो ।
खेलको पहिलो हाफमा फेडेरिको गाटीले गरेको आत्मघाती गोल निर्णायक बनेको थियो । ३५ औँ मिनेटमा क्रस गरिएको बल गाटीको छातीमा लाग्दै आफ्नै पोस्टमा छिर्न पुग्यो ।
युभेन्टस २३ खेलबाट ५३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । इन्टरले एक खेल कम खेल्दै ५७ अङ्क बटुलेको छ । तेस्रो स्थानमा रहेको एसी मिलानको ४९ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण