एमालेभित्र सङ्गठनात्मक अराजकता देखियो : नेता रिजाल
काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सङ्गठनात्मक अराजकता चर्को समस्याका रूपमा देखिएको बताएका छन् । केन्द्रीय सदस्य रिजालले विभिन्न जिल्लामा अधिवेशनका क्रममा भएका विवाद, कुटाकुट र केन्द्रले हस्तक्षेप गर्नुपर्ने अवस्थाप्रति लक्षित गर्दै सांगठानिक अराजकता देखिएको स्वीकार गरेका हुन् ।
‘एक ठाउँमा समाधान गर्यो, अर्को ठाउँमा टाउको उठाइहाल्छ । पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका सन्दर्भमा नेताहरूलाई अध्यक्ष स्वयंले १० घण्टा राखेर सम्झाउनुपर्छ, जिल्ला अधिवेशन सुचारु गर्न राति १ बजेसम्म छलफल गर्नुपर्छ, ‘सर्वसम्मत गर्यौँ’ भनेका जिल्ला अधिवेशनको विवाद केन्द्रसम्म आइपुग्छ र केन्द्रीय सङ्गठन विभागले हात हाल्नुपर्छ’, नेता रिजालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निर्विवाद रहेको पनि बताएका छन् । ‘विचारमा कुनै अलमल छैन । मिसनमा कहीँकतै अस्पष्टता छैन । तर पनि, यो के भइरहेको छ ? किन भइरहेको छ ? कतै अध्यक्ष कमरेडले भने जस्तै ’फाइल बढुवा’ र कमिटी कब्जा गरेर नेता बन्ने अभ्यासका कारण त यस्तो समस्या आइरहेको छैन ?’, रिजालको प्रश्न छ ।
पार्टी कब्जा गर्न व्यस्त हुने हो भने जनता अर्कैले कब्जा गरिसक्ने पनि बताएका छन् । ‘यसरी हामी आफ्नै पार्टी कमिटी कब्जा गर्न व्यस्त रह्यौँ भने दुःखका साथ भन्नुपर्छ– जनता अर्कैले कब्जा गरिसक्नेछ’, रिजालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण