आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एमालेभित्र सङ्गठनात्मक अराजकता देखियो : नेता रिजाल

सोमबार, २२ माघ २०८०, १३ : २९
सोमबार, २२ माघ २०८०

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सङ्गठनात्मक अराजकता चर्को समस्याका रूपमा देखिएको बताएका छन् । केन्द्रीय सदस्य रिजालले विभिन्न जिल्लामा अधिवेशनका क्रममा भएका विवाद, कुटाकुट र केन्द्रले हस्तक्षेप गर्नुपर्ने अवस्थाप्रति लक्षित गर्दै सांगठानिक अराजकता देखिएको स्वीकार गरेका हुन् ।

‘एक ठाउँमा समाधान गर्‍यो, अर्को ठाउँमा टाउको उठाइहाल्छ । पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका सन्दर्भमा नेताहरूलाई अध्यक्ष स्वयंले १० घण्टा राखेर सम्झाउनुपर्छ, जिल्ला अधिवेशन सुचारु गर्न राति १ बजेसम्म छलफल गर्नुपर्छ, ‘सर्वसम्मत गर्‍यौँ’ भनेका जिल्ला अधिवेशनको विवाद केन्द्रसम्म आइपुग्छ र केन्द्रीय सङ्गठन विभागले हात हाल्नुपर्छ’, नेता रिजालले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।  

उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निर्विवाद रहेको पनि बताएका छन् । ‘विचारमा कुनै अलमल छैन । मिसनमा कहीँकतै अस्पष्टता छैन । तर पनि, यो के भइरहेको छ ? किन भइरहेको छ ? कतै अध्यक्ष कमरेडले भने जस्तै ’फाइल बढुवा’ र कमिटी कब्जा गरेर नेता बन्ने अभ्यासका कारण त यस्तो समस्या आइरहेको छैन ?’, रिजालको प्रश्न छ ।

पार्टी कब्जा गर्न व्यस्त हुने हो भने जनता अर्कैले कब्जा गरिसक्ने पनि बताएका छन् । ‘यसरी हामी आफ्नै पार्टी कमिटी कब्जा गर्न व्यस्त रह्यौँ भने दुःखका साथ भन्नुपर्छ– जनता अर्कैले कब्जा गरिसक्नेछ’, रिजालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप