‘सिटामोल’ मा गाउँले गेटअपमा देखिँदै सौगात र बेनिशा
काठमाडौंँ । ‘झ्यानाकुटी’ जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाललाई दर्शकले फेरि एकसाथ देख्न पाउने भएका छन् । फिल्म ‘सिटामोल’ मा उनीहरु एकसाथ देखिन लागेका हुन् ।
फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्मको सिन्धुली क्षेत्रमा छायाँकन भैरहेको छ । फिल्मको सेटबाट सौगात र बेनिशाको एक तस्बिर बाहिर आएको छ । जसमा दुबै कलाकार गाउँले गेटअपमा देखिएका छन् । शिरमा ढाकाटोपी र स्टकोट लगाएका सौगातले एउटा हातमा कुखुराको भाले बोकेका छन् भने अर्को हातले बैसाखी टेकेका छन् ।
उनीसँगै उभिएकी बेनिशा बच्चा बोकेर देखिएकी छन् । उनी सुत्केरी महिलाको गेटअपमा छिन् । तस्बिरले फिल्ममा सौगात र बेनिशा श्रीमान् श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । फिल्म ‘झ्यानाकुटी’मा पनि दुबै पति पत्नीको भूमिकामा थिए ।
सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा निर्माण भैरहेको फिल्म नयाँ वर्षको तीजमा रिलिज गर्ने निर्माण टिमको योजना छ । दिव्य सुवेदीले छायाँकन गरिरहेको फिल्ममा लोकेन्द्र लेखकको पनि मुख्य भूमिका छ । फिल्मको कथा निर्देशक साने हो भने पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण