शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिटामोल’ मा गाउँले गेटअपमा देखिँदै सौगात र बेनिशा

सोमबार, २२ माघ २०८०, १३ : ४३
सोमबार, २२ माघ २०८०

काठमाडौंँ । ‘झ्यानाकुटी’ जोडी अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाललाई दर्शकले फेरि एकसाथ देख्न पाउने भएका छन् । फिल्म ‘सिटामोल’ मा उनीहरु एकसाथ देखिन लागेका हुन् ।

फिल्मका निर्देशक राजबहादुर साने हुन् । फिल्मको सिन्धुली क्षेत्रमा छायाँकन भैरहेको छ । फिल्मको सेटबाट सौगात र बेनिशाको एक तस्बिर बाहिर आएको छ । जसमा दुबै कलाकार गाउँले गेटअपमा देखिएका छन् । शिरमा ढाकाटोपी र स्टकोट लगाएका सौगातले एउटा हातमा कुखुराको भाले बोकेका छन् भने अर्को हातले बैसाखी टेकेका छन् ।

उनीसँगै उभिएकी बेनिशा बच्चा बोकेर देखिएकी छन् । उनी सुत्केरी महिलाको गेटअपमा छिन् । तस्बिरले फिल्ममा सौगात र बेनिशा श्रीमान् श्रीमतीको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।  फिल्म ‘झ्यानाकुटी’मा पनि दुबै पति पत्नीको भूमिकामा थिए । 

सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा निर्माण भैरहेको फिल्म नयाँ वर्षको तीजमा रिलिज गर्ने निर्माण टिमको योजना छ । दिव्य सुवेदीले छायाँकन गरिरहेको फिल्ममा लोकेन्द्र लेखकको पनि मुख्य भूमिका छ । फिल्मको कथा निर्देशक साने हो भने पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप