शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा ५६ प्रतिशत किसानले गरे किवी खेती व्यवसाय दर्ता

सोमबार, २२ माघ २०८०, १४ : ४९
सोमबार, २२ माघ २०८०

काठमाडौँ । कोशी प्रदेशका किवी खेतीमा संलग्न किसानमध्ये ५६ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरेका छन् । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले किवी विषयमा गरेको अध्ययन प्रतिवेदन अनुसार ५६.३ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरेका हुन् । 

सो अध्ययन अनुसार माटो परीक्षण गरी किवी खेती प्रारम्भ गर्ने किसानको संख्या २९.९ प्रतिशत छ । बहुसंख्यक किसानहरुले माटो परीक्षण नगरी व्यवसाय गरेको पाइएको उल्लेख छ । 

कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौतीहरु विषयमा गरिएको सो अध्ययनको लागि नमुनाको रूपमा छनोट गरिएका इलाम, पाँचथर, धनकुटा र सोलुखुम्बु जिल्लाका कुल १४४ जना नमुना कृषकहरुको किवी फर्मको स्थलगत भ्रमण गरी प्रत्यक्ष मौखिक वार्तामार्फत किवी खेतीको अध्ययन गरिएको थियो । 

अध्ययन क्षेत्रका किवी किसानहरुमध्ये ५ देखि १० वर्षको अवधिदेखि किवी खेतीमा संलग्न किसानको संख्या सबैभन्दा धेरै ५८.३ प्रतिशत रहेको पाइयो भने १० देखि १५ वर्षको अवधिदेखि यस व्यवसायमा संलग्न किसान सबैभन्दा कम १९.५ प्रतिशत रहेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी किवी किसानहरुमध्ये ४२.४ प्रतिशत किसानहरुले ५ रोपनीभन्दा कम क्षेत्रफलमा किवी खेती गरेको देखिएको छ भने १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप