कोशी प्रदेशमा ५६ प्रतिशत किसानले गरे किवी खेती व्यवसाय दर्ता
काठमाडौँ । कोशी प्रदेशका किवी खेतीमा संलग्न किसानमध्ये ५६ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरेका छन् । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले किवी विषयमा गरेको अध्ययन प्रतिवेदन अनुसार ५६.३ प्रतिशत किसानले मात्र औपचारिक रूपमा व्यवसाय दर्ता गरेका हुन् ।
सो अध्ययन अनुसार माटो परीक्षण गरी किवी खेती प्रारम्भ गर्ने किसानको संख्या २९.९ प्रतिशत छ । बहुसंख्यक किसानहरुले माटो परीक्षण नगरी व्यवसाय गरेको पाइएको उल्लेख छ ।
कोशी प्रदेशमा व्यावसायिक किवी खेतीको अवस्था, सम्भावना तथा चुनौतीहरु विषयमा गरिएको सो अध्ययनको लागि नमुनाको रूपमा छनोट गरिएका इलाम, पाँचथर, धनकुटा र सोलुखुम्बु जिल्लाका कुल १४४ जना नमुना कृषकहरुको किवी फर्मको स्थलगत भ्रमण गरी प्रत्यक्ष मौखिक वार्तामार्फत किवी खेतीको अध्ययन गरिएको थियो ।
अध्ययन क्षेत्रका किवी किसानहरुमध्ये ५ देखि १० वर्षको अवधिदेखि किवी खेतीमा संलग्न किसानको संख्या सबैभन्दा धेरै ५८.३ प्रतिशत रहेको पाइयो भने १० देखि १५ वर्षको अवधिदेखि यस व्यवसायमा संलग्न किसान सबैभन्दा कम १९.५ प्रतिशत रहेको पाइएको छ ।
सर्वेक्षणमा सहभागी किवी किसानहरुमध्ये ४२.४ प्रतिशत किसानहरुले ५ रोपनीभन्दा कम क्षेत्रफलमा किवी खेती गरेको देखिएको छ भने १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान २३.६ प्रतिशत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण