सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद

प्रतिनिधिसभाको क्यालेन्डर बन्यो, वेबसाइटबाट सांसदको हाजिरी सार्वजनिक गर्ने

सोमबार, २२ माघ २०८०, १६ : २४
सोमबार, २२ माघ २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १४ गतेसम्मका लागि ‘क्यालेन्डर’ स्वीकृत भएको छ । सोमबार प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्य तालिका स्वीकृत गरेको हो । 

स्वीकृत कार्य तालिकामा सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको कार्य तालिका लागू भएपछि बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा लिएको बताएका छन् ।

उनले बैठकमा भने– ‘गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु । हाम्रो उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी रूपमा सार्वजनिक गरौँ । माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो ।’

बैठकमा कानुन मन्त्री धनराज गुरुङले  सभामुख र संसद् सचिवालयले धेरै गृहकार्य कार्य तालिका लागू गर्ने अवस्थामा पुगेको बताए । यसले बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्ने उल्लेख गरे । 

माघ महिनामा प्रतिनिधि सभाको २ वटा बैठक र फागुनमा १४ गतेसम्म ५ वटा बैठक बस्ने कार्य तालिका बनाइएको छ ।

samsad-talikasamsad-t2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप