शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै

मङ्गलबार, २३ माघ २०८०, ०९ : ४७
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भए पनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् । 

केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको उनको शोक प्रस्ताव पारित गर्न  आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठक मंगलबार बिहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप