कास्कीको हेम्जाकोटबाट ‘ईश्वर’ को छायाङ्कन सुरु
काठमाडौंँ । राजु गिरीको निर्देशन रहने फिल्म ‘ईश्वर’को छायाङ्कन सुरु भएको छ । फिल्मको मंगलबारदेखि कास्कीको हेम्जाकोट छायाङ्कन सुरु गरिएको हो । ३५ दिनको छायाङ्कन सेड्युलसहित फिल्म सुरु भएको निर्देशक गिरीले बताए । फिल्मको छायाङ्कन कास्कीको विभिन्न क्षेत्रमा हुनेछ ।
केही अगाडि पोखरास्थित बिन्दाबासिनी मन्दिरमा शुभ मुहूर्त भएको फिल्म लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण हुने लागेको हो । फिल्ममा पृथ्वीराज प्रसाईं, सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, सविन बास्तोला, गीता अधिकारी, माओत्से गुरुङ लगायतको अभिनय रहने छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार गरेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रहने फिल्ममा राजेन्द्र बजगाईं र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईको छायाङ्कन र देव महर्जनको द्वन्द्व रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण