केकीको ‘बोक्सीको घर’ वैशाखमा आउने
काठमाडौँ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ वैशाखमा प्रदर्शनमा आउने भएको छ । वितरकसँगको छलफलबाट फिल्मको रिलिज मिति नयाँ वर्षको वैशाख १४ गतेका लागि तय भएको निर्माता समेत रहेकी अभिनेत्री केकीले जानकारी दिइन् ।
केकीकै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर बनेको हो । नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले फिल्म पनि निर्देशन गरेका हुन् ।
फिल्ममा केकीका अलवा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म बनेको छ ।
सामाजिक–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्म केही अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना केकीको छ ।
कार्यकारी निर्माता राजकुमार घिमिरे रहेको फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन, लोकेश बज्राचायको सम्पादन छ । फिल्मको वितरण टिफल्क फिल्मस्ले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण