एनआरएनएमा भइरहेको आर्थिक दुरुपयोगको छानबिन गर्न माग
काठमाडौँ । आरके शर्माले नेतृत्व गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघको केन्द्रीय कार्यालयमा कार्यरत सहायक निर्देशक वन्दना शर्माले उठाएका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समितिसमक्ष आग्रह गरेको छ ।
‘उक्त इमेलमा उल्लेख गरिए जस्तै विभिन्न शीर्षकमा गरिएका आर्थिक अनियमितताले संघको सचिवालय सञ्चालन कार्यविधि विपरीत संस्थामा व्यापक आर्थिक अपचलन भैरहेको हाम्रो ठहर छ । सहायक निर्देशक शर्माले उठाउनु भएका सबै विषयहरूको निष्पक्ष छानबिन गर्न हामी उच्चस्तरीय छानबिन समिति समक्ष माग गर्दछौँ’, प्रवक्ता नारायण सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपाल सरकारले हालै एनआरएनएको गत अक्टोबर महिनामा सम्पन्न निर्वाचन तथा लेखा प्रणालीको छानबिन गर्न एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। उनको विज्ञप्तिमा शर्माद्वारा ‘गम्भीर ध्यानाकर्षण तथा सहजीकरणको अपेक्षा’ विषय राखी सहयोगको लागि अपिल गर्दै पठाइएको इमेलप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘लाखौँ प्रवासी नेपालीहरूको प्रतिनिधित्व गर्ने २० वर्षे भन्दा लामो इतिहास बनाइसकेको गरिमामय यस संस्थाको सचिवालय सञ्चालनमा भएका गम्भीर, अवैधानिक र गैरकानुनी गतिविधिले सचिवालयका कार्यकारी प्रमुखलाई शंकाको घेरामा ल्याएको छ । ११ औँ अधिवेशनको निर्वाचनमा गम्भीर अनियमितताहरू भएको सार्वजनिक भए पछि निर्वाचन तथा लेखा समेतको छानबिन गर्न नेपाल सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरी सकेको अवस्थालाई ध्यानमा नराखी सचिवालयले गर्दै आएको कार्यको हामी घोर भर्त्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण