सञ्चारसम्बन्धी विधेयक सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै ल्याउन महासंघको आग्रह
काठमाडौँ । नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमसँग जोडिएका विधेयक ल्याउँदा सरोकारवाला पक्षसँग व्यापक छलफल गरेर मात्रै ल्याउन सरकारसँग आग्रह गरेको छ। मंगलबार कार्यवाहक अध्यक्ष रमेश विष्टको अध्यक्षतमा बसेको महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरूको बैठकले विविध विषयमा छलफल गरि निर्णयहरूसमेत गरेको हो।
महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले जारी गरेको विज्ञप्ति अनुसार बैठकले नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रताका साथ अघि बढाउँदै केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निर्णय गरेको छ । बैठकले महाधिवेशनको प्रयोजनका लागि सदस्यतासहित शाखा, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गर्ने आवश्यक तयारी अघि बढाउने निर्णय गरेको सचिव चौलागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारले संसद्को चालू अधिवेशनमा सञ्चार विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेको विषयलाई सकारात्मक रुपमा लिँदै महासंघको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । त्यसैगरी सञ्चार सम्बद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र हाम्रा अभ्यासहरूको आधारमा अघि बढाउन महासंघ सरकारसँग माग गर्दछ भनिएको छ।
समग्र सञ्चार क्षेत्र नै गम्भीर सङ्कटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीति अवलम्बन गर्दै स्वरोजगारमूलक सञ्चारमाध्यमले यतिबेला थप सङ्कटको सामना गरेको यथार्थलाई ध्यान दिँदै लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र न्यू मिडियाहरूलाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न महासंघले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण