शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फुङ्लिङ नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

मङ्गलबार, २३ माघ २०८०, २२ : २५
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ ।नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर भिमा देवि ओझाले एक समारोहका विच उद्घाटन गरेको बैंकले जनाएको छ । 
उक्त कार्यक्रमको अध्यक्षता नेपाल बैंक लिमिटेड, कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्य प्रकाश भट्टले गरेको थिए । 

उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप