डिज्नीविरुद्ध हलिउड अभिनेत्रीले हालेको मुद्दाको खर्च उठाउँदै एलन मस्क
क्यालिफोर्निया । हलिउड अभिनेत्री जिना कारानोले अमेरिकी मास मिडिया तथा मनोरञ्जन कम्पनी डिज्नी र लुकासफिल्ममाथि मुद्दा हालेकी छिन् । सन् २०२१ मा सामाजिक सञ्जालमा गरिएको पोस्टलाई लिएर आफूलाई टिभी सिरिजबाट निकालिएको मामिलामा अभिनेत्रीले दुई कम्पनीमाथि क्यालिफोनिर्याको सङ्घीय अदालतमा ५९ पृष्ठ लामो मुद्दा दायर गरेकी हुन् ।
यो मुद्दाको खर्चबर्च अमेरिकी खर्बपति व्यापारी एलन मस्कले उठाइरहेका छन् । माइक्रोब्लगिङ वेबसाइट एक्समा गरिएको एक पोस्टमा मस्कले मुद्दामा संलग्न हुन अन्यलाई समेत खुला आह्वान गरेका थिए । यस मुद्दामा अभिनेत्रीले ७५ हजार डलर क्षतिपूर्ति मागेकी छिन् । आफूलाई पुनः सिरिजमा काष्ट गराउन लुकास फिल्मलाई बाध्य पार्न पनि उनले अदालतसमक्ष माग गरेकी छिन् । डिज्नीको म्यानडालोरियन सिरिजको दुई सिजनमा कारानोले कारा दुनेको भूमिका निभाएकी थिइन् ।
सन् २०२१ को फेब्रुअरीमा अभिनेत्रीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै रिपब्लिकनहरूले अहिले सामना गरिरहेको राजनीतिक वातावरणलाई नाजीहरूले यहुदीहरूलाई सताएको अवस्थासँग तुलना गरेकी थिइन् । सोही दिन लुकास फिल्मले कारोनालाई सिरिजबाट हटाएको थियो । एक्समा गरिएको पोष्टका कारण भेदभावको सिकार भएकाहरूलाई वित्तीय रुपमा सहयोग गर्ने मस्कले यस अघि नै वाचा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण