रामायणमा साई पल्लवीको ठाउँमा अब जान्हवी सीता बन्ने
नयाँ दिल्ली । नितेश तिवारीले रामायण बनाउने घोषणा गरेयता नै यो फिल्मको स्टारकाष्टबारे निकै चर्चा चलिरहेको छ । फिल्ममा कुन कलाकारले कुन पात्रको भूमिका निर्वाह गर्लान् भन्ने चासो दर्शकहरूमा निकै छ । यस अघि रणवीर कपुरको जोडीका रूपमा दक्षिण भारतीय अभिनेत्री साई पल्लवी देखिने खबरहरू आएका थिए । तर अहिले फिल्मको कास्टिङमा हेरफेरको खबर आएको छ ।
फर्स्टपोष्टमा छापिएको एउटा समाचारका अनुसार साई पल्लवी अब फिल्ममा नरहने भएकी छिन् । उनको सट्टामा जान्हवीलाई सिताको भूमिका दिइएको छ । नितेशले जान्हवीसँग यस अघि बवालमा काम गरेका थिए । सिताको भूमिकामा जान्हवी फिट हुने नितेशको धारणा छ । अहिलेसम्म फिल्ममा जान्हवीको कास्टिङबारे आधिकारिक धारणा वा पुष्ट बयान आएको छैन । अभिनेत्रीलाई सिताको भूमिकामा देख्न पाउनु उनका फ्यानका लागि नौलो अनुभव हुनेछ ।
बलिउडमा युवा पुस्ताका अभिनेता अभिनेत्रीमाझ जान्हवी चर्चित नाम हो । उनले कयौं फिल्ममा काम गरिसकेकी छिन् । तर अहिलेसम्म आशा गरेजस्तो सफलता चाहिँ हात परेको छैन । फिल्मको सुटिङ छिट्टै सुरु हुँदै छ । फिल्मलाई दुई हिस्सामा रिलिज गरिने बताइएको छ । रामायणमा साउथका सुपरस्टार यश रावणको भूमिकामा देखिँदैछन् । हनुमानको भूमिकाका लागि मेकरहरुले शनि देओललाई प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण