संसद्लाई नैतिकताविहीन नबनाऔँ : सांसद खान
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद् अधिवेशनलाई नैतिकता विहीन बनाउनु नहुने बताएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खानले संसद्को चालु अधिवेशनलाई नैतिकता विहीन बनाउनु नहुने बताएका हुन् । उनले विगतका दुई वटा संसद् अधिवेशन नैतिकता विहीन भएको बताए । उनले संसदमा एक अर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरु बोल्दा ताली बनाउने बाहेक केही हुन नसकेको बताए । उनले कानुन निर्माणको कुरामा दलभन्दा माथि उठेर सोच्नुपर्ने बताए ।
उनले भने, ‘सरकारमा रहेका दलहरुले पनि यहाँ आएर सुशासन भइरहेको छैन भनेर प्रश्न गर्ने । हामीले काम गर्न सकेनौँ भनेर प्रश्न गर्ने । न्याय हुन सकेन । हामी जनतालाई न्याय दिन सकेनौँ, रोजगारी सिर्जना गर्न सकेनौँ । वैदेशिक नीतिलाई राम्रो बनाउन सकेनौँ । जुन प्रकारको प्रश्न तेर्स्याउने काम भयो । आखिर यो कसको लागि ? कसले कसको लागि प्रश्न गरिरहेको छ ? यसबाट के फाइदा हुन्छ भोलिको दिनमा ? यो कुराप्रति हामी सिंगो सदन नै गम्भीर हुनुपर्ने विषयमा हामीले आफ्नो पार्टीका नेताहरुले कुरा गरेपछि ताली बजाउने बाहेक केही गरिरहेका छैनौँ ।’
सांसद खानले संसद् जनताप्रति उत्तरदायी हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण