मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्लाई नैतिकताविहीन नबनाऔँ : सांसद खान

बुधबार, २४ माघ २०८०, १४ : ४५
बुधबार, २४ माघ २०८०

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले चालु संसद् अधिवेशनलाई नैतिकता विहीन बनाउनु नहुने बताएका छन् ।  

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खानले संसद्को चालु अधिवेशनलाई नैतिकता विहीन बनाउनु नहुने बताएका हुन् । उनले विगतका दुई वटा संसद् अधिवेशन नैतिकता विहीन भएको बताए । उनले संसदमा एक अर्कालाई प्रश्न तेर्साउने र आफ्नो पार्टीका नेताहरु बोल्दा ताली बनाउने बाहेक केही हुन नसकेको बताए । उनले कानुन निर्माणको कुरामा दलभन्दा माथि उठेर सोच्नुपर्ने बताए ।

उनले भने, ‘सरकारमा रहेका दलहरुले पनि यहाँ आएर सुशासन भइरहेको छैन भनेर प्रश्न गर्ने । हामीले काम गर्न सकेनौँ भनेर प्रश्न गर्ने । न्याय हुन सकेन । हामी जनतालाई न्याय दिन सकेनौँ, रोजगारी सिर्जना गर्न सकेनौँ । वैदेशिक नीतिलाई राम्रो बनाउन सकेनौँ । जुन प्रकारको प्रश्न तेर्स्याउने काम भयो । आखिर यो कसको लागि ? कसले कसको लागि प्रश्न गरिरहेको छ ? यसबाट के फाइदा हुन्छ भोलिको दिनमा ? यो कुराप्रति हामी सिंगो सदन नै गम्भीर हुनुपर्ने विषयमा हामीले आफ्नो पार्टीका नेताहरुले कुरा गरेपछि ताली बजाउने बाहेक केही गरिरहेका छैनौँ ।’

सांसद खानले संसद् जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप