बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुपर ओभरमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब च्याम्पियन

बुधबार, २४ माघ २०८०, १८ : १०
बुधबार, २४ माघ २०८०

विराटनगर  । मोरङ जिल्लास्तरिय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर क्रिकेट क्लब (बीसीसी) ले जितेको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा बीसीसीले झोराहाटको ग्रामथान क्रिकेट क्लबलाई सुपर ओभरमा हराएको हो  ।

खेलको निर्धारित ओभरमा दुवै टोलीले बराबरी स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो । टस जितेर ब्याटिङ गरेको बीसीसीले निर्धारित ३० ओभरमा सवै विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

बीसीसीका लागि अनिल यादवले ४१, धिरज कामतले २३, अमन गुप्ताले १२ र कृतिक कामतले ११ रनको योगदान गरे । ग्रामथानका बलर आर्यन बास्कोटाले तीन र निर्वेश लुइटेलले दुई विकेट लिए ।

ग्रामथानले पनि निर्धारित ओभरमा सवै विकेट गुमाएर एक सय ३९ रन नै बनायो । ग्रामथानका अनिल विश्वकर्माले २८, आर्यन बास्कोटाले अविजित २०, निर्वेश लुइटेलले १७ र विकाश कार्कीले १५ रन बनाएका थिए ।

बीसीसीका बलर रितेश झाले चार आर्यन शाहीले दुई विकेट लिए । रितेश म्यान अफ दी म्यान बने । कृतिक कामत, आशिष राजवंशी र अविशेक मण्डलले पनि एक–एक विकेट विकेट लिए ।

बीसीसीका राहुल चौधरी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान बने । बीसीसीकै अविशेक मण्डल उत्कुष्ट बलर र बीसीसीकै कृतिक कामत म्यान अफ दी सिरिज घोषित भए । माघ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा मोरङ जिल्लाका १६ वटा बी डिभिजन क्लबको सहभागिता रहेको जानकारी जिल्ला अध्यक्ष महमद साद बाबुले दिए । विजयी टोली र खेलाडीलाई पूर्वराष्ट्रिय खेलाडी नन्दकिशोर राठी,  मोरङ जिल्ला क्रिकेट सँघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार वितरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप