केन्याका धार्मिक नेतामाथि १९१ बालबालिकाको हत्या गरेको अभियोग
नैरोबी । मालिन्दी उच्च अदालतले केन्याली ईसाई पन्थ नेता पल नथेन्ज म्याकेन्जी र अन्य २९ जना संदिग्धलाई एक सय ९१ बालबालिकाको हत्या गरेको अभियोग लगाएको सिएनएनले बताएको छ ।
गत वर्ष पूर्वी केन्याको शाकाहोला जङ्गलबाट शव निकालिएको थियो । त्यहाँ म्याकेन्जी र उनका सहयोगीहरूमाथि मृत्यु संस्कार सञ्चालन गरेको आरोप लगाइएको थियो । महिनौँसम्म खोजी गरेपछि अधिकारीहरूले ती शव विशाल जङ्गलबाट बाहिर निकालेका थिए ।
यद्यपि सिएनएनका अनुसार म्याकेन्जी र अन्य २९ जनाले दोषी नभएको स्वीकार गरेका छन् । संदिग्धमध्ये एक जनालाई मुद्दा चलाउनका लागि मानसिकरूपमा अयोग्य पाइएको छ । यसका साथै म्याकेन्जीमाथि आतङ्कवाद, हत्या र बाल क्रुरतासहित अन्य थुप्रै आरोप लगाइको छ ।
कथितरूपमा उनको ट्रायल माच ७ देखि सुरु हुने सिएनएनले बताएको छ । गुड न्युज इन्टरनेसनल चर्च सञ्चालन गर्ने म्याकेन्जीमाथि डुम्सडे (प्रलयको दिन) पन्थको नेतृत्व गरेको आरोप छ । डुम्सडेमा उनले मृतकहरू स्वर्गमा पुग्न सकुन् भनेर आफ्ना अनुयायीहरूलाई आफू र आफ्ना छोराछोरीलाई भोकै मर्न निर्देशन दिएका थिए ।
त्यसपछि म्याकेन्जीको निर्देशनअनुसार पन्थले संसारको अन्त्यको तयारी गरिरहेको अनुसन्धानकर्ताहरूले आरोप लगाएका छन् । अनुसन्धनकर्ताहरूले प्रमाणका लागि जङ्गलमा महिनौँसम्म खोजबिन गरेकाले म्याकेन्जी गत अप्रिलदेखि हिरासतमा छन् ।
पछि शव परीक्षणको नतिजाबाट बरामद गरिएका शवहरूमध्ये धेरैको भोकमरीले मृत्यु भएको पत्ता लागेको थियो । अन्य शवमा आघात र घाँटी थिचेको लक्षण देखिएको सिएनएनले बताएको छ ।
गत महिना एक अदालतले म्याकेन्जीविरुद्ध अभियोजकहरूले आरोप नल्याए उनलाई रिहा गर्ने धम्की दिएको थियो । धेरैजसो शवहरू गम्भीररूपमा कुहिएका कारण डिएनएमार्फत पीडितहरू पहिचान गर्न लामो प्रक्रियाको सामना गर्नुपरेको अभियोजकहरूले जवाफ दिएका थिए । -(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण