सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

बुधबार, २४ माघ २०८०, २० : ४७
बुधबार, २४ माघ २०८०

अछाम । अछाम जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई जना  बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । 

आज साँझ जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बा निवासी जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सन्तोष पाठकले  जानकारी दिए ।

दुवै बालबालिकाको जलेको शव गोठबाट निकालिएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप