कतार एसियन कपको फाइनलमा
काठमाडौँ । घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इरानविरुद्ध ३–२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो ।
कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गोल गरेका थिए । तर, १७ औँ मिनेटमा कतारले बराबरी गर्न सफल भयो । कतारका जसिम गाबरले गोल गर्दै बराबरी गरे ।
४३ औँ मिनेटमा अकरम अफिफले गोल गरेपछि कतारले पहिलो हाफका २–१ को अग्रता बनायो । तर, ५१ औँ मिनेटमा इरानले अलिरेजाले पेनाल्टीमार्फत गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए ।
८२ औँ मिनेटमा कतारका अलमोएज अलीले गोल गरेपछि ३–२ को अग्रता लिन सफल भयो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा इरानका सोजेब रातो कार्ड पाउँदै मैदान छाड्न अन्तिम केही समय १० खेलाडीमा समेटिएको थियो ।
एएफसी एशियन कपको उपाधिका लागि कतारले जोर्डनसँग खेल्ने छ । जोर्डन दक्षिणा कोरियालाई पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण