विकास ऋणपत्रमार्फत ७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौँ । सरकारले विकास ऋणपत्रमार्फत ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८८ ‘ज’ मार्फत राष्ट्र बैंकले शुक्रबार ७ अर्ब रुपैयाँ ऋण उठाउने भएको हो ।
शुक्रबार जारी हुने उक्त विकास ऋणपत्र ८ वर्षे अवधिको रहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले माघ २५ गते दिउँसो ३ बजेभित्र अनलाईन दरखास्त दिन सक्नेछन् ।
माघ २६ गते जारी हुने विकास ऋणपत्र माघ २५ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । कूल विकास ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बिक्री गरिनेछ ।
इच्छुक लगानीकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले अर्धवार्षिक अर्थात् ६÷६ महिनामा ब्याज प्राप्त गर्ने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण