आइफोनमा अन्डरवाटर मोड पनि, पानीभित्र पनि चल्ला त फोन ?
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले आइफोन १५ लन्च गरेयता आइफोन १६ को चर्चा सुरु भएको छ । कम्पनीले यो वर्ष लन्च गर्ने आइफोनमा के कस्ता फिचर होलान् भन्नेबारे अड्कलबाजी चलिरहेको छ । यसैबिच कम्पनीले नयाँ प्याटेन्टका लागि आवेदन दिएको खबर बाहिरिएको छ । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार कम्पनीले युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपीटीओ)मा अन्डरवाटर मोडका लागि प्याटेन्ट आवेदन दिएको छ । यसका लागि कम्पनीले ७८ पृष्ठ लामो फाइल बुझाएको छ । यसमा कम्पनीले आइफोनको स्पेसल इन्टरफेस डिजाइन देखाएको छ । यसमा पानीभित्र पनि फोनलाई चलाउने फिचर हुन सक्ने बताइएको छ । तर अहिलेको आईओएस सफ्टवेयरमा भने पानीले भिजेपछि आइफोन चलाउन सकिने यस्तो कुनै फिचर छैन ।
आइफोनमा पाइएला अन्डरवाटर यूजर इन्टरफेस ?
सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार यो आगामी मोडमा युजरहरूले नयाँ इन्टरफेस पाउनेछन् । यसको नाम अन्डरवाटर यूजर इन्टरफेस हुने बताइएको छ । यो इन्टरफेसअन्तर्गत युजरले ठुलो बटन र हार्डवेयर भोल्युम बटनमा कयौँ कन्ट्रोल्स पनि पाइनेछ । तर अहिलेसम्म कम्पनीले आधिकारिक रूपमा यो फिचरको पुस्टी गरेको छैन । आगामी दिनमा यसबारे थप जानकारी आउन सक्नेछ ।
यस अघि एप्पलले वाच अल्ट्रामा वाटर रेसिस्टेन्ट प्रविधिको प्रयोग गरेको छ । यो घडी चलाएर ४० मिटर गहिराईसम्म स्कुबा ड्राइभिङ गर्न सकिनेछ । पछिल्लो समय अन्य स्मार्टफोन कम्पनीहरूले बलियो वाटर रेसिस्टेन्ट प्रविधिसहितको स्मार्टफोन लन्च गरेका छन् । रेडमी नोट १३ प्रो र वनप्लस १२ यसका केही उदाहरण हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण