‘हात्तीछाप’ लाई मल्टिप्लेक्सले दियो १६४ शो
काठमाडौँ । भोली शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘हात्तीछाप’ । फिल्मको बुधवारबाट अग्रिम टिकट बुकिङ समेत खुलिसकेको छ ।
अभिनेता दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी लगायतको कलाकारको अभिनय रहेको कारण फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । त्यसैले पनि फिल्मलाई देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज दिइएको छ । सिंगल हलहरूको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।
क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज् नयाँ बानेश्वरले ६ शोज उपलब्ध गराएको छ भने कालिमाटीमा रहेको वान सिनेमाज्मा ४ शोज उपलब्ध गराएको छ । फिल्मलाई बिग मुभिजले ६ शोज दिएको छ । बिहानदेखि बेलुकासम्म फिल्मलाई अधिकांश हलले उच्च शोज दिएका छन् । चाबहिलको एफक्यूब हलले पनि यो फिल्मलाई ६ शोज उपलब्ध गराएको छ ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा दयाहाङ, सौगात र उपासनाको अलवा बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वृद्धि तामाङ, सुष्मा निरौला, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । फिल्मले प्रिमियरबाट राम्रो तारिफ पाएको थियो । फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण