जसपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यक्रम
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको महाधिवेशनको कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले २०८१ जेठ २८, २९ र ३० गते धनुषामा हुने महाधिवेशनका लागि कार्यक्रम सार्वजनिक गरेको हो ।
जसअनुसार महाधिवेशन प्रतिनिधिहरूको निर्वाचन तथा चयनको कार्यक्रम २०८० चैत्र २० गते देखि २०८१ वैशाख २० गते सम्म गरिसक्नु पर्ने जसपाले जनाएको छ । त्यसैगरि निर्वाचित महाधिवेशन प्रतिनिधिहरूको नामावली केन्द्रीय कार्यालयमा २०८१ वैशाख ३० गतेभित्र पठाइसक्नु पर्ने भनिएको छ ।
जसपाको प्रचार प्रसार तथा प्रकाशन विभागले सार्वजनिक गरेको कार्यक्रमअनुसार फागुन २५ गतेसम्म संगठित पार्टी सदस्यता वितरण तथा नवीकरण गरिसक्नुपर्ने भनिएको छ । २०८० मङ्सिर ३० गतेभित्र पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टीमा आबद्ध भएका र पार्टी संगठनमा कार्यरत रहेका पार्टी सदस्यहरूलाई मात्र संगठित पार्टी सदस्यता प्रदान गर्ने जसपाले जनाएको छ ।
चैत १० गतेभित्र संसदीय निर्वाचन क्षेत्र अनुसार संगठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी जिल्ला समितिले राष्ट्रिय समिति, प्रदेश समिति हुँदै केन्द्रीय कार्यालयमा पठाउनुपर्ने कार्यक्रममा उल्लेख गरेको छ ।
चैत १० गतेभित्र संगठित पार्टी सदस्यतासम्बन्धी दाबी विरोध अथवा उजुरी दिन सकिने कार्यक्रममा उल्लेख छ । राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूबाट केन्द्रीय कार्यालयले निर्वाचन समिति गठन गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण