दीपेन्द्र ऐरीले गल्फ जाइन्टबाट यूएईको फ्रेन्चाइज लिग खेल्ने
बिहीबार, २५ माघ २०८०, १४ : २०
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (यूएई) को फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्टरनेशनल लिग टी–२० खेल्ने भएका छन् । दीपेन्द्रलाई गल्फ जाइन्टले आफ्नो क्लबमा आबद्ध गरेको हो ।
नेपाल क्रिकेट संघका अनुसार, गल्फ जाइन्ट क्लबले लामो समयदेखि नेपाली क्रिकेटरहरुको प्रदर्शनलाई नियाली रहेको थियो । अलराउन्डर खेलाडीको खोजीमा रहेकाले गल्फ जाइन्टले दीपेन्द्रसँग सम्झौता गरेको हो ।
‘यो मेरा लागि गतिलो अवसर हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको प्रयास गर्नेछु,’ दीपेन्द्र भन्छन् । क्यानले पनि दीपेन्द्रको सफलताको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण