सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले १० ओभरमा दुई विकेट गुमाएर ५४ रन बनायो

बिहीबार, २५ माघ २०८०, १४ : २३
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले १० ओभरमा दुई विकेट गुमाएर ५४ रन बनाएको छ ।

क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । रिजन ढकालले लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजनले विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई आरिफ शेखद्वारा क्याच गराएका थिए । त्यतिबेला नवनितले केवल ६ रन बनाएका थिए ।

क्यानडाको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले क्यानडाका अर्का ओपनर एरोन जोन्सनलाई २० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सोमपालले जोन्सनलाई एलबीडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको अन्तिम बलमा जोन्सन आउट हुँदा क्यानडाले ३५ रन बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप