एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउँदै कर्मा ब्यान्ड
काठमाडौँ ।
‘हुक्का मेरो डल्ले डल्ले, नली नलाई खान्नँ, यति राम्री केटीलाई अघि नलाई जान्नँ..’
गीतबाट चर्चा कमाएको नेपाली सांगीतिक ब्यान्ड ‘कर्मा’ले एक दशकपछि फेरि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ । ब्यान्डले नयाँ एल्बम ल्याउन लागेको ब्यान्डका इभेन्ट तथा कलाकार व्यवस्थापक एएसक्यूका विजय अधिकारी बताए ।
‘कर्मा ब्यान्ड नयाँ एल्बम रिलिजको तयारीमा छ । गीतहरूको रेकर्डिङ सकियो’, अधिकारीले भने ‘भिडियो भिडियो पनि सकिएपछि एल्बम सार्वजनिक हुनेछ ।’ उनका अनुसार ब्यान्डले ‘हेर’ एल्बममा आठ गीतहरू समावेश गर्दैछ । एल्बममा समावेश गीतमा कर्मा ब्यान्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ ।’ ‘हेर’ कर्मा ब्यान्डको ६औँ एल्बम हो ।
कर्माले सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ ल्याएको थियो । त्यसपछि २००० मा दोस्रो एल्बम ‘हुक्का’ आयो । त्यसपछि सन् २००३ मा ‘एस.एम.एस.’ र सन् २००७ मा ‘कर्मा’ आयो । नेपाली गीतलाई पश्चिमा संगीतसँग फ्युजन गराउन माहिर कर्माले पछिल्लो समय सन् २०१३ मा एल्बम ‘नयाँ सपना’ ल्याएको थियो ।
पछिल्लो केही वर्ष अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरेको कर्माले क्यानडा, अस्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।
‘हाम्रो गीतहरू युवादेखि पाका उमेरका सम्मका दर्शक तथा श्रोताहरूले मन पराउने गरेका छन्’, कर्मा ब्यान्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, ‘अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेपनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो ।’ स्रोता तथा दर्शकहरूमाझ पुग्न नयाँ एल्बम ल्याउन लागेको सिंहले सुनाए ।
कर्माको ‘हुक्का मेरो’ गीतसहित ‘मौनतामा’, ‘कहाँ होला घरबार’, ‘मार्यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’लगायत गीतहरू चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण