२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ३५ ओभरमा चार विकेट गुमाएर १८५ रन बनायो
काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ३५ ओभरमा चार विकेट गुमाएर एक सय ८५ रन बनाएको छ । क्यानडाका निकोलस किर्तन अविजित ६२ र श्रेयस मोभा शून्य रन बनाउँदै क्रिजमा सँघर्षरत छन् । क्यानडालाई जितका लागि अब ९० बलमा ४० रन आवश्यक छ ।
क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । रिजन ढकालले लिएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजनले विकेट लिएका हुन् । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई आरिफ शेखद्वारा क्याच गराएका थिए । त्यतिबेला नवनितले केवल ६ रन बनाएका थिए ।
क्यानडाको दोस्रो विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले क्यानडाका अर्का ओपनर एरोन जोन्सनलाई २० रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सोमपालले जोन्सनलाई एलबीडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको अन्तिम बलमा जोन्सन आउट हुँदा क्यानडाले ३५ रन बनाएको थियो ।
क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले मैदानमा जमिसकेका ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । रोहितले उनलाई ललित राजवंशीद्वारा क्याच गराएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए । १९.४ ओभरमा उनी आउट हुँदा क्यानडाले एक सय १४ रन बनाएको थियो ।
क्यानडाको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका ब्याट्सम्यान हर्ष ठाकेरलाई ३२ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् । कुशल मल्लले हर्षलाई बोल्ड गरेका थिए । आउट हुनुअघि हर्षले ४३ बलमा तीन चौका हिर्काएका थिए । ३३औँ ओभरको अन्तिम बलमा हर्ष आउट हुँदा क्यानडाले एक सय ७४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण