शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

१० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण माग

बिहीबार, २५ माघ २०८०, १७ : ४०
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी १० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याको विवरण माग गरेको छ । 

मन्त्रालयले एक सूचना जारी गर्दै विभाग, संघीय अस्पताल, केन्द्रीय निकाय, प्रतिष्ठान, परिषद् लगायतसँग १० वर्षमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याको विवरण माग गरेको हो । 

सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको च.नं. २७९ मिति २०८०/ १०/१० को पत्रानुसार तँहा विषयसँग सम्बन्धित सरकारी क्षेत्र ÷ गैर सरकारी क्षेत्र/निजी क्षेत्रसमेतबाट आगामी १० वर्षहरूमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याहरूको विवरण माग भए अनुसार विवरण यस मन्त्रालयको इमेल [email protected] मा उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप