पोखरामा बालकृष्ण समको जन्मजयन्ती मनाइँदै
गण्डकी । नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा यही माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती मनाउने तयारी गरिएको छ । स्वदेश एवं विदेशमा ख्यातिप्राप्त नाट्ययकर्मीको सहभागितामा कार्यक्रम गर्न लागिएको नेपाल नाट्य प्रतिष्ठान, पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।
कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदारनाथ पौडेद्वारा लिखित एवं निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ । उक्त अवसरमा प्राडा रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा.अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सिके श्रेष्ठको नेपाली नाटक हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भई छलफल एवं अन्तरक्रिया गरिने छ ।
कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा.पोखरेलले जानकारी दिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवद्र्धक रहेको कार्यक्रममा भारतबाट वरिष्ठ नाट्यकर्मी सिके श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा.विजय रुचाल, वरिष्ठ नाट्यकर्मी दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ नाट्यकर्मी सरुभक्तलगायत स्वदेशी एवं विदेशी नाट्यकर्मी, अभिनेता एवं अनुसन्धाता गरी एक सय ५० जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण