शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरपालिकाको आग्रह

शुक्रबार, २६ माघ २०८०, १२ : १०
शुक्रबार, २६ माघ २०८०

ललितपुर  । ललितपुर महानगरपालिकाले सुँगुरमा लाग्ने महामारी जन्य रोग अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । लमजुङ, कास्की, तनहुँ तथा गोदावरी नगरपालिका ७ ललितपुर र कीर्तिपुर नगरपालिका ६ काठमाडाैँमा समेत सो रोग पुष्टि भएकाले महानगरले सतर्कता अपनाउन आग्रह गरेको हो । 

फर्ममा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर फर्मालिन लगायतका नि सङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसंक्रमण गर्ने, रोगको शङ्का लागेका पशुहरूलाई स्थानबाट छुट्टाएर अलग्गै राख्न, मरेका पशुलाई राम्रो सँग खाडलमा गाड्ने तथा जलाउन, घरपालुवा सुँगुर बङ्गुर लाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिन, रोग देखा परेको क्षेत्रबाट संगुर प्रजाति पठापाठी संयमित मासु र दानाको ओसारपसार नगर्न नगराउन लगायत महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा पालिएका बङ्गुर तथा सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनु भनिएको छ । 

यस्तै, अनिवार्यरुपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वास्थ्य सुँगुर, बङ्गुर वा मासुको ओसार प्रसार गर्ने गराउने आग्रह गरेको छ ।  नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भएको थियो । हाल विभिन्न स्थानमा देखा पर्न थालेको पशु सेवा सेवा विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप