कोशी प्रदेश : पाँच जना नयाँ मन्त्रीले आज शपथ लिँदै
शुक्रबार, २६ माघ २०८०, १२ : २९
विराटनगर । कोशी प्रदेश सरकार आज विस्तार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका अनुसार बेलुका ४ बजे शपथ हुने तय भएको छ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्री हुने भएकी हुन् । यस्तै माओवादी केन्द्रबाट राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सुनुवार– स्वास्थ्य मन्त्री, खत्री– कृषि, सहकारी, बुर्जा– खानेपानी सिँचाइ तथा ऊर्जा, कार्की– सामाजिक विकास र थापा–स्वास्थ्य, राज्यमन्त्री बन्ने भएका छन् ।
हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण