गोपीकृष्ण हल बन्द गर्ने घोषणा
शुक्रबार, २६ माघ २०८०, १४ : १२
काठमाडौँ । राजधानीको चाबहिलमा रहेको गोपीकृष्ण हल बन्द हुने भएको छ । गोपी कृष्ण मुभिज् प्रा.लिले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरिएको हो ।
२०५२ सालदेखि सञ्चालनमा आएको हल फागुन १ गतेदेखि बन्द हुने प्रबन्ध निर्देशक निरक पौडेलले जानकारी दिए ।
‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा.लि.ले व्यहोर्नु परेको ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले आजका दिनसम्म सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि आभार पनि प्रकट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण