बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा राष्ट्रिय भलिबल  प्रतियोगिता सुरु

उद्घाटन खेलमा एपीएफ, बागमती र  कोशी  विजयी
शुक्रबार, २६ माघ २०८०, २२ : १५
शुक्रबार, २६ माघ २०८०

बुटवल । बुटवलमा  राष्ट्रिय भलिबल  प्रतियोगिता सुरु भएको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शुक्रवारदेखि प्रतियोगिता सुरु भएको हो । नौ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल  नाम दिइएको सो प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बाग्मती प्रदेश र कोशी प्रदेश विजयी भएका छन् ।

कणाली प्रदेश र बाग्मती प्रदेशबिच भएको खेलमा पहिलो सेट कणाली प्रदेशले बाग्मती प्रदेशलाई २२ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको थियो । त्यसलगत्तै कर्णाली प्रदेशलाई १६ मा रोक्दै २५ बनाएर दोस्रो सेट बाग्मतीले हात पारेको थियो । 

त्यसपछि भने २ सेट  २५, १८, २६ ,२४ बनाउँदै  बाग्मती प्रदेशले जित हात पारेको थियो । त्यस्तै कोशी प्रदेश र मधेश प्रदेशबिच भएको खेलमा कोशी प्रदेश विजयी भएको छ । २६, २४ २५, १६, २५, १३ मा मधेश प्रदेशलाई रोक्दै कोशी प्रदेश विजयी भएको हो । 

vollyball (3)

लुम्बिनी प्रदेश र सशस्त्र प्रहरीबिच भएको खेल भने रोचक बनेको थियो । सशस्त्र प्रहरीलाई २१ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको लुम्बिनीले खेललाई निरन्तरता दिन भने सकेन ।  विभागीय क्लब एपिएफले लुम्बिनीलाई २० अंकमा रोक्दै २५ बनाएर दोस्रो सेट हात पारेको थियो । 

उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले खेलकुदको विकासले खेलाडी मात्र नभएर देशको समेत पहिचान बनाउने बताए । रुपन्देहीमा सुरु भएको राष्ट्रिय भलिबल खेलले खेलडीहरुको खेल क्षमताको विकाससँगै प्रदेशकै पहिचान बनाउने उनको भनाई थियो ।

vollyball (1)

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले खेलकुदको विकासले सबै क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले भलिबल खेल राष्ट्रिय खेल भए पनि राज्यको तर्फबाट  भनेजस्तो सहयोग हुन नसकेको गुनासो गरे । 

शनिवार पहिलो खेल त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश, दोस्रो खेल लुम्बिनी प्रदेश र बागमती प्रदेश, तेस्रो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश, चौथो खेल गण्डकी प्रदेश र  कर्णाली प्रदेशका बिचमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप