बुटवलमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु
बुटवल । बुटवलमा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ । मणिमुकुन्द भलिबल क्लबको आयोजनामा शुक्रवारदेखि प्रतियोगिता सुरु भएको हो । नौ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल नाम दिइएको सो प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरी बाग्मती प्रदेश र कोशी प्रदेश विजयी भएका छन् ।
कणाली प्रदेश र बाग्मती प्रदेशबिच भएको खेलमा पहिलो सेट कणाली प्रदेशले बाग्मती प्रदेशलाई २२ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको थियो । त्यसलगत्तै कर्णाली प्रदेशलाई १६ मा रोक्दै २५ बनाएर दोस्रो सेट बाग्मतीले हात पारेको थियो ।
त्यसपछि भने २ सेट २५, १८, २६ ,२४ बनाउँदै बाग्मती प्रदेशले जित हात पारेको थियो । त्यस्तै कोशी प्रदेश र मधेश प्रदेशबिच भएको खेलमा कोशी प्रदेश विजयी भएको छ । २६, २४ २५, १६, २५, १३ मा मधेश प्रदेशलाई रोक्दै कोशी प्रदेश विजयी भएको हो ।
_1F8dyLrQRl.jpg)
लुम्बिनी प्रदेश र सशस्त्र प्रहरीबिच भएको खेल भने रोचक बनेको थियो । सशस्त्र प्रहरीलाई २१ मा रोक्दै २५ बनाएर पहिलो सेट हात पारेको लुम्बिनीले खेललाई निरन्तरता दिन भने सकेन । विभागीय क्लब एपिएफले लुम्बिनीलाई २० अंकमा रोक्दै २५ बनाएर दोस्रो सेट हात पारेको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले खेलकुदको विकासले खेलाडी मात्र नभएर देशको समेत पहिचान बनाउने बताए । रुपन्देहीमा सुरु भएको राष्ट्रिय भलिबल खेलले खेलडीहरुको खेल क्षमताको विकाससँगै प्रदेशकै पहिचान बनाउने उनको भनाई थियो ।
_5SdAs0AGzl.jpg)
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले खेलकुदको विकासले सबै क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले भलिबल खेल राष्ट्रिय खेल भए पनि राज्यको तर्फबाट भनेजस्तो सहयोग हुन नसकेको गुनासो गरे ।
शनिवार पहिलो खेल त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश, दोस्रो खेल लुम्बिनी प्रदेश र बागमती प्रदेश, तेस्रो खेल सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश, चौथो खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशका बिचमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण