एएफसी एसियन कपको उपाधिका लागि कतार र जोर्डन भिड्दै
काठमाडौँ । एएफसी एसियन कप फुटबलको फाइनल खेल आज हुँदै छ । जारी प्रतियोगितामा उपाधिका लागि जोडर्न र आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतार आमने सामने हुँदै छन् ।
फाइनल खेल आज राति पौने ९ बजे सुरु हुनेछ । जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा प्रवेश गरेको हो । कतारले यसअघि पनि उपाधि जितिसकेको छ । सेमिफाइनलमा जोर्डनले दक्षिण कोरियामाथि २–० को सहज जित निकाल्दै फाइनलमा स्थान पक्का गर्दा घरेलु टोली कतारले भने इरानमाथि ३–२ गोलको पुनरागमन जित निकालेको थियो ।
समूह ईमा तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको जोर्डन त्यसपछिका नकआउट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको टिम हो ।अन्तिम १६ मा जोर्डनले इराकलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो भने त्यसपछि ताजिकिस्तानलाई १–० ले पराजित गरेर सेमिफाइनलमा स्थान बनाएको थियो ।
डिफेन्डिङ च्याम्प्यिन कतार भने समूह एबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाएको थियो । प्यालेस्टाइनलाई पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको कतारले उज्वेकिस्तानलाई पेनाल्टी सूटआउटमा पराजितगरेर सेमिफाइनलमा स्थान बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण